Skip to main content

Contact

Please feel free to contact us if you have anything regarding this site and content. We are happy to reply you within reasonable time if necessary.

We hope your visit was enjoyable with provided contents. We also welcome your comment and feedback through this contact form.

Popular posts from this blog

रवि लक्षित उपप्रधानमन्त्री सिंहको टिप्पणी - काण्ड मच्चाएकाहरू नेता बन्छु भनेर लागेका छन्

काठमाडौं। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई लक्षित गर्दै विदेशमा ठूला काण्ड गरेर ठूलो नेता बन्न खोज्ने प्रवृत्ति राजनीतिमा देखिएको टिप्पणी गरेका छन्। विश्व निकेतन माध्यमिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले हालको राजनीतिक परिप्रेक्ष्यमा समाजका लागि अयोग्य मान्छेहरू राजनीतिमा आइरहेको भन्ने धारणा स्थापित गर्न खोजिएको बताए। 'यहाँ अनेकौं मान्छे आउँछन्, चटकेहरू पनि आउँछन्। विदेशमा गएर ठूला काण्ड मच्चाएर नेपाल फर्किने अनि ठूलो नेता बन्ने प्रवृत्ति नयाँ होइन। यस्ता मान्छेहरू आइरहेकै छन्। यदि तपाईंहरूले सही निर्णय गर्न सक्नुभएन भने, हामीले संघर्ष गरेर प्राप्त गरेका अधिकारहरू सुरक्षित र सशक्त बनाउन सकिँदैन। त्यसैले जनताले सचेत भएर सही प्रतिनिधि छान्नुपर्छ,' उनले भने। राजनीति जनताको सेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नेता सिंहले अरूको प्रभावमा नपरी सही र गलत छुट्याएर निर्णय गर्नुपर्ने बताए।

चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोत्साहनका लागि चार्जिङ स्टेशनहरूको संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २५ वर्ष पुरा हुने अवसरमा आयोजित इभि र्‍यालीमा घिसिङले उक्त कुरा बताएका हुन्। उहाँले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको बताए। निजी सवारी साधनका साथै यात्रुवाहक सवारी साधनहरू पनि विद्युतीय रूपमै परिवर्तन भइरहेको उल्लेख गरे। यसले ठूलो परिवर्तन आएको र विद्युतको माग बढाउने अभियानलाई सहयोग पुर्‍याएको घिसिङको भनाइ थियो। उहाँका अनुसार, ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद-बिक्री भएको छ। घिसिङले विद्युतीय सवारी साधनको प्रोत्साहन मात्र किनमेल गरेर हुने छैन भन्नेमा जोड दिए। उनले देशभर चार्जिङ स्टेशनहरूको आवश्यकता रहेको बताउँदै निजी क्षेत्रले ६ सयभन्दा बढी चार्जिङ स्टेशनहरू निर्माण गरेको र ५ सय स्टेशनका लागि आवेदन प्राप्त भएको जानकारी दिए। यसले रोजगारी पनि सिर्जना गरेको उनले बताए। इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्प...

सभामुख घिमिरे र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

विराटनगर। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइ मुख्य विषय नभएको बताएका छन्। विराटनगरस्थित होटल बिगमा पत्रकारहरूसँग कुरा गर्दै उनले विधेयक पारित गर्ने कुरा प्रक्रियागत नभएर संसद्ले छिटो काम गर्नुपर्ने विषय भएको बताए। 'मुख्य कुरा भनेको दायित्व पूरा गर्नु हो। यसलाई कानुन वा नियमावलीमार्फत व्यवस्थित गर्न सकिन्छ, जुन प्रधानमन्त्रीले भनेका थिए। तर संसद्ले विधेयकलाई समयमा टुंग्याउनु महत्त्वपूर्ण छ,' सभामुख घिमिरेले भने। उनले संसद्मा अहिले पनि १४ वटा विधेयक छलफलमा रहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि निजामती ऐन र विद्यालय शिक्षा विधेयक जस्ता कानुन पारित गर्नुपर्ने बताए। '५ दिन संसद् स्थगित गर्नुको कारण समितिलाई काम गर्ने अवसर दिनु हो,' उनले भने। साथै, उनले संसद्ले संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानुन निर्माण गर्न प्रयासरत रहेको बताए। संसद्मा विचाराधीन विधेयकलाई सरकारले अध्यादेशमार्फत अघि बढाए संसद्ले अस्वीकार गर्न सक्ने अधिकार रहेको उनले स्पष्ट पारे। पूर्वराष्ट्रपति विद्यादेव...